क्यान महासंघको आसन्न महाविधेशन एवं १३औं केन्द्रीय कार्यसमितिको आगामी मंसिर ७ गते हुने निर्वाचनका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर समूहको प्यानलले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रतिबद्धतापत्र साथ आफ्नो प्यानलबाट उम्मेदवारी घोषणा गारेका छन् ।
यसअन्तर्गत संस्थागत साधारण समूह, व्यक्तिगत आजीवन समूह, व्यक्तिगत साधारण समूह, वस्तुगत सदस्य समूह, लेखा समिति र जिल्ला शाखा समूहबाट उम्मेदवारी दिएका प्रत्याशीहरु रहेका छन् ।

अध्यक्ष : नवराज कुँवर
१. संस्थागत साधारण समूहबाट
राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, सुरेन्द्र न्यौपाने, निरञ्जन पटेल
२. संस्थागत आजीवन समूहबाट
डा. पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल
३. व्यक्तिगत आजीवन समूहबाट
प्रा.डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी
४. व्यक्तिगत साधारण समूहबाट
खुशल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की
५. वस्तुगत सदस्य समूहबाट
नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा
६. लेखा समिति
लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य), भिमसेन गिरी (जिल्ला शाखा)
७. जिल्ला शाखा समूहबाट
प्रदेश १ निर्णय हुन बाँकी
प्रदेश २ : दीपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ
प्रदेश ३ : शेखरनाथ दुलाल र भानु शर्मा
गण्डकी प्रदेश : अशोकबाबु राना र एक जना बाँकी
प्रदेश ५ : रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप)
कर्णाली प्रदेश : दलबहादुर खड्का र भीम मल्ल
सुदूरपश्चिम प्रदेश : हर्क सेठ्ठी र खेमराज ढुंगाना
प्रतिबद्धतापत्र
१. क्यान महासंघका सदस्यहरुको हक हितका लागि सरकारसँग सहकार्य तथा समन्वय गर्न तीन विधि अपनाइनेछ : सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, राष्ट्रिय एजेण्डामा सहकार्य तथा सम्झौता गर्ने र व्यवसायिक तथा राष्ट्रिय हितका विषयमा खबरदारी गर्ने ।
२. सूचना प्रविधिसम्बन्धी सामान एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यावहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्ने पहल गरिने छ ।
३. केन्द्र र सातै प्रदेशमा क्यान महासंघको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाइनेछ । प्रादेशिक सचिवालय स्थापनाको कार्यलाई प्राथमिकता दिइनेछ । क्यान महासंघ प्रदेश र जिल्ला शाखाहरुको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाइनेछ । केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको सम्पूर्ण कार्यलाई पूर्णरुपमा पेपरलेस बनाइनेछ ।
४. सफ्टवेयर उद्योगको क्षमता अभिवृद्धि गर्दै सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरको प्रयोगको लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । त्यस्तै नेपाली सफ्टवेयर कम्पनी तथा उद्यमी व्यवसायीलाई सूचना प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय मेला तथा प्रदर्शनीमा सहभागिता तथा अवलोकनका लागि प्रोत्साहन र सहयोग गरिनेछ । सफ्टवेयर डेभलपमेण्ट, बिजनेश प्रोसेश आउटसोर्सिङ (बिपिओ), नलेज प्रोसेश आउटसोर्सिङ (केपीओ), सूचना, सञ्चार तथा शिक्षा प्रविधि (आईस टेक, सफ्टटेक) को विकास तथा विस्तारका लागि आवश्यक रणनीति तय गरिनेछ ।
५. नेपाली स्टार्टअप कम्पनीलाई लगानीको वातावरण, दक्ष विज्ञको सहयोग, कर छुट लगायतका कार्यहरुमा सहजीकरण गर्दै विश्व बजारमा स्थापित गराउन अन्तरराष्ट्रिय लगानीकर्ताहरुसँग सहकार्य गरिनेछ । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स लगायतका बिषयहरुको विकास र प्रवद्र्धन गर्दै उचित वातावरण र नीति निर्माणमा पहल गरिने छ ।
६. नेपालको सबैभन्दा ठूलो सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाई पछिल्ला प्रविधि तथा अपडेट समावेश गरिनेछ । र सातै प्रदेशमा आयोजना गरिने क्यान इन्फोटेकको स्तरवृद्धि गर्दै बृहत बनाइनेछ ।
७. नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यसलाई सफल बनाउन सूचना प्रविधि (आईटी) र पर्यटन इन्डष्ट्रिड (टीआई) लाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।
८. सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी कार्य अगाडि बढाउन पहल गरिनेछ । त्यस्तै गैरआवासीय नेपालीमार्फत सूचना प्रविधिका कम्पनीमा विदेशी लगानी भित्राउन आवश्यक कदम चालि विदेशिएको युवा जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमा स्वदेशमै रोजगारी सृजना हुने वातावरण निर्माणको प्रयास गरिने छ ।
९. हाल ५७ जिल्लामा रहेको क्यान महासंघ लाई ७७ वटै जिल्ला शाखाहरुमा र संयुक्त राज्य अमेरिका र जापानमा स्थापना गरिएको क्यान फेडेरेशनको अन्तरराष्ट्रिय च्याप्टरको विस्तार गरी कम्तीमा सात ओटा मुलुकमा पुर्याइ त्यसलाई क्रियाशिल गराईनेछ ।
१०. विश्वभरका सूचना प्रविधि संस्थाहरुको संस्था वल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस अलाएन्स (विट्सा), एशियाली छाता संगठन एशियन–ओसेनियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेशन (एसोसियो), भारतीय सूचना प्रविधि तथा बिपिओ उद्योगको राष्ट्रिय संस्था नेशनल एशोसिएशन अफ सफ्टवेयर एण्ड सर्भिसेज कम्पनिज (नासकम) तथा जापानको राष्ट्रिय सूचना प्रविधि संगठन जापान इन्फरमेशन इण्डष्ट्री एशोसिएशन (जिसा)जस्ता संस्थाहरुसँग मिलेर नेपालमा यस क्षेत्रको अझ तिब्र विकासका लागि कार्य गरिनेछ ।
११. बस्तुगत सदस्य संस्था (सेक्टर) तथा सूचना प्रविधिसँग सम्बन्धित अन्य संस्था एवं कम्पनीसँग रणनीतिक सहकार्य गरी अनुसन्धानमूलक तथा सूचना प्रविधिको प्रवद्र्धनात्मक कार्यहरु गरिनेछ ।
१२. क्यान महासंघका सबै प्रकारका सदस्यहरुलाई समान अवसर, उचित भूमिका तथा संस्थागत अधिकार सुनिश्चितताका लागि उचित रणनीति अवलम्बन गरिनेछ ।
१३. आईसीटी दिवसलाई प्रदेश र स्थानीय तहमा समेत भव्यरुपमा मनाउन सम्बन्धित निकायसँग आवश्यक पहल गरिनेछ ।
१४. सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रम गरिनेछ । तीनै तहका सरकारसँगको समन्वयमा प्रदेश र जिल्ला शाखाहरु मार्फत क्यानलाई ग्रामिण तहसम्म लैजाने योजना कार्यान्वयन गरिनेछ ।

Shree is based in Butwal, Nepal. Shree holds a degree in M.Sc. (IT) and began working at New Horizons, Nepal Center in 2007-2012. After that Shree contributes to various reputed firms in Kathmandu with his years’ of experiences in Teaching, IT administration, Management and Consulting Services especially in Payment/Software industries (IT infrastructures and Security solution). Check about page for details!